अन्त्य


अन्त्यको सुरुवात भयो ।
तर यो अन्त्य, अन्त्यहिन लाग्दैछ । स्वभाविक अन्त्य तर अस्वभाविक बनेको छ, बिशेषतः मेरा लागि ।
*****
१५ डिसेम्बर (हल्लाको पसल)
सधै कुनै न कुनै राजनितिक सभा अनि भाषण हुने अपिस नजिकैको चौरको कुना । राजनितिक सभामा भन्दा पनि कम मानिसको उपस्थती ।
एउटा केटो जोडदार भाषण दिदै रहेछ “...आँउदो सात दिनमा हाम्रो पृथ्वीको अन्त्य निश्चित छ।“
“यस्तो कुरामा पनि भाषण!?” टक्क रोकिएर वक्ताको हुलियामा नजर दौडाए ।
‘उचाई-मध्यम, असाधारण दुब्लो, अनौठो किसिमले कपाल राखेको, लुगा-कालो; पादरिहरुले लगाउने किसिमको ।‘ उ एउटा हाते माईक लिएर कराउदै थियो । छेवैमा उसको जस्तै लुगा लगाएको, कपाल राखेको तर अग्लो मोटो केटो, स्पिकर उचालेर सघाउदै थियो।
“...वैज्ञानिकहरुले यो तथ्य कुरालाई हामीबाट लुकाएका छन् । जुनसुकै धर्मशास्त्रमा हेर्नुस्, यो दिनको बारेमा तोकिएको छ .....।“ उस्ले यस्तै के-के भन्दै थियो, मतलब लागेन, म अपिस छिरे ।
------
१६ डिसेम्बर (शंका)
आज पनि उस्तै, बिहानै देखिको भाषण होला । नजिक गईन, सुन्न पनि मन थिएन, वाहियात कुरा, सिधै अपिस छिरेर आफ्नो ल्यापटप खोलें । दैनिक समाचारमा डिसेम्बर २१ मा हुने अन्त्या खबर थपिएका रहेछन् । फेसबुक, टुईटरका भित्ताहरुमा ‘प्रलय’को डर र अन्यौल बढ्दै थिए । मैले पनि थपिदिए, ‘डिसेम्बर २१ पछि के होला?”
-‘डिसेम्बर २२ होला :D’
-‘खत्तम हुन्छ’
-‘मरिन्छ, जे सुकै होस’
-‘केहि हुनेवाला छैन, सब हल्ला हुन’
-‘हामीनै रहेछौ पृथ्वीका अन्तिम मानिस जाति’
-‘म त बाच्छुँ ‘
-‘....’
-‘....’
एकछिन त रमाईलो लाग्यो, फेरि सबैमा डर देख्न थाले, वाक्क मान्दै फेसबुक पेज बन्द गर्दै थिए।
“तैले 2012 भन्नी फिलिम हेरिस?” एउटा अपिसको साथी कानैमा चिच्चायो।
“क्या छ है.., मैले हिजो फेरि हेर्या, सगरमाथानै, क्या है..पानी मुनी, आगोको डल्ला खस्या, क्या खतरा..”
-“भो भो नसुना, हेर्या छु मैले।“
-“क्या यार तँ पनि, सुन न, तैस्तै भो भने!?”
-“नचाहिने कुरा नगर, डिस्टर्भ नगर याँ।”
-“ कत्तिन काम गरिर्या जस्तो!, क्या है..सुन न, त्यो फिलिमा जस्तै एउटा प्लेन चाहिन्छ कि क्याहो है?”
-“जा जा, अब प्लेन हाईज्याक गर तेसैको लागि, मलाई नकरा ।“
-“क्या यार, तँ पनि..।“
उ के-के फत्फताउदै हिड्यो, मैलै मतलब गरिन ।
---------
बेलुकी ओछ्यानमा पल्टिदै गर्दा, झ्वास्स् मन चिसो भयो ।
-‘साचै भयो भने?”
-‘यस्तो नि हुन्छ र? ह्या..’
-‘माया सभ्यताका मानिसहरुले बनाएको क्यालेण्डर किन सकियो त?’
-‘.......’
-‘हत्त!, यस्तो पनि सोच्ने हो? सपनाँ पनि तहि आउछ, भोली खोज्छु यो बारेमा’

---------
१७ डिसेम्बर (उत्सुकता र निर्णय)
बिहानै उठेर इन्टरनेट खोले, विश्व ध्वस्त हुने भनिएका भबिष्यवाणीहरु खोज्न थालें। मर्ने भन्दा बच्ने आसा प्रबल भएरै होला, जति पनि भबिष्यवाणी पढ्थे, मनले बिरोध गर्थ्यो, मनले बाच्ने आसा तिर लैजान्थ्यो।  
-“डिसेम्बर २१ तरिख २०१२,मा हाम्रो क्यालेण्डर सकिन्छ, पृथ्वीमा उथलपुथल हुन्छ।“ माया क्यालेण्डर भन्छ ।
-मन भन्छ, “क्यालेण्डर त जुन पनि सकिन्छ, बर्षको अन्त्यमा, सकिदैमा उथलपुथल भएको छ र? फेरि सन् १९९८ देखी २०१२ सम्म को समयभित्रको अनुमान गरेका थिए, अहिलेसम्म केहि भएन अब नि हुन्न। ”
-“ डिसेम्बर २१ मा सौर्य आँधी आउछ, पृथ्वी लाई निल्छ, ननिले पनि, ध्रुब परिबर्तन हुन्छ, बाढि पहिरो, भईचालो आउछ, ३ दिन सम्म अन्धकार छाउछ ।“ 
-मन भन्छ “यदि यस्तो हुने भए वैज्ञानिकहरु चुपो लागेर बस्थ्ये? कुरा बारिर आई हल्थ्योनी, अहिले सम्म तो चेन्ज सुरु हुन्थ्यो ।“
-“ अदृश्य ग्रह ‘प्लानेट एक्स\नाईरुबु आउदै छ।“ कतै लेखिएको रहेछ ।
मन भन्छ “अदृश्य ग्रह छ भन्ने नै कसरि था भो?“
-“ग्रहहरुको एलईनमेन्ट हुन्छ,पुरै सौर्य मण्डललई डार्क म्यटरले ध्बस्त पार्छ ।“
-मन भन्छ “कुनै कुराको पनि वैज्ञानिक आधार छैन । यस्तोको पछि लाग्नु हुन्न । अरूलाई पनि लाग्न दिनु हुन्न । हुदैन पृथ्वीको अन्त्य, म विश्वास गर्दिन यो अफवामा।“
-“................”

भोलि तेहि ठाँऊमा उभिएर तो केटोसंग तर्क गर्छु। कम्तिमा त्यँहा भएका मानिसहरुको भ्रम मेटाउछु।

---------
१८ डिसेम्बर (असफलता)

अफिस छिर्न मन लागेन । सरासर भाषण भइरहेकै ठाँउतिर लम्किए । त्यँहा रहेका मानिसहरुलाई भ्रमित हुनबाट रोक्न सक्छु जस्तो लाग्यो। मञ्चमा चडेर त्यो केटो संग विवाद गर्न मन भयो। अघिल्ला दिनहरु भन्दा भिड थपिएको थियो। मलाई भिड छिचोलेर अघि बड्न गाह्रो भयो । बितेका केहि दिन जस्तै आज पनि त्यो केटो, एउटै लिबास र स्वरका साथ भाषण गर्दै थियो।
-“...हामीलाई अन्धकारमा राखिएको छ। सत्यतथ्य कुरा बाहिर ल्याउनै पर्छ । हामीलाई सरकारले यो प्रलयबाट बचाउने ब्यबस्ता गर्नै पर्छ, सुरक्षा दिनै पर्छ । सरकार सके सम्म तयारि गर्नै पर्छ। या त सुरक्षा दिनु पर्छ या त स्वइच्छाले मर्न दिनु पर्छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले आन्दोलनको घोषना गरेका छौँ। सुरक्षा या स्वेछिक मृत्य हाम्रो माग हो ।“
उस्ले अझै आन्दोलनका नाराहरु भट्टयाउथ्यो होला । प्रहरिको जमात आईपुग्यो, सबैलाई तितरबितर पारिदिन लाग्यो। म नजिकैको घरमा लुकें। त्यो केटि र उसको सहयोगि अझै मञ्चमा नै नार लगाऊदै थिए, प्रहरिहरुले पिट्दै लखेटे ।
साझको समाचार बन्यो त्यो घटना।
खुसिलाग्यो भ्रमित हुनबाट बचे ति मानिसहरु, प्रहरिको लखेटाई पनि ठिक भयो तर मनमा अझ खिन्नता बाकि थियो, तो केटो संग विवाद गर्ने मन लगेको थियो, उसम भ्रामक बिचारको खण्डन गर्ने मन थियो, ‘तँ गलत होस्’ भन्ने मन थियो । भोली त्यो पक्का आउछँ, अनि कुरा गर्छु ।
---------
१९ डिसेम्बर (विवाद र उल्झन)

बिहान सबेरै त्यहि चौरमा पुगें तर हिजि अस्ति भाषण सुरु भईसक्ने त्यस ठाँउमा आज शुन्य ञियो। उदेक लागेर आयो। एउटा कुनामा त्यहि केटाको सहयोगि चाहि बसेको रहेछ।
-“आज तिमीहरुको भाषण छैन?”
उसले जवाफ फर्काएन । हल्का रिस उठ्यो ।
-“पुलिसको डरले पृथ्वीको अन्त्यपनि नहुने भएछ हैन?” मैले गिज्ज्याए ।
उ अझै बोलेन ।
-“अन्त्य-सन्त्य केहि हुनेवाला छैन, सब हल्ला मात्र हुन, कहि-कसैलाई केहि हुनेवाला छैन, तिमीहरुले उल्लु बनाउदैछौ” म उसैमाथी खनिए।
-“सबै हल्ला मात्र हुन, मात्र हल्ला।“ मैले जोडका साथ भने ।
-“आज बेलुकि यहाँ नजिकैको सबैभन्दा अग्लो घरको माथको तलाको हलमा आउनु।“ उ यति भनेर हिड्यो ।
-“हँ? कुन..? कहाँको...? बेलुकि कति बजे?” मैले सोध्दै थिए, सुन्दै नसुनी हिड्यो, फर्केर पनि नहेरि, टाढा पुगिसकेछ ।
चारैतिर हेरें। एउटै अग्लो घर रहेछ। ‘त्यति भन्न पनि नसक्या’ सोंचे । मेरो अधैर्यता बढ्दै थियो । हतार हतार त्यो घरको माथी पुगें । म एल्लै थिए कोहि थिएनन् । पृथ्वी अन्त्य हुने\नहुने डर भन्दा पनि, त्यो केटोलाई राम्रो जवाफ दिन नपाएको असन्तुष्टिले डोर्याउदै थियो मलाई । बेलुकि आउने निधो गरेर फर्किए।
---------
म ८ बजे सोहि ठाऊमा पुग्दा धेरै जम्मा भ सकेका रहेछन्। त्यहि सहयोगि केटो ढोकैमा रहेछ, नियालेर हर्यो अनि भित्र लिएर गयो ।
“क्या यार, तँ पनि आउने रैछस्, भन्नु पर्दैन?” परिचित अवाज आएतिर हेरे । अलि लज लागेर आयो ।
-“अस्तिबाट हरा’को थिस्, मैले त तँ प्लेन हाईज्यक गर्न गा’ होला भन्ठानेको ।“ मैले उल्याईदिए उसलाई ।
-“अब संसारै ध्वस्त हुन लाग्या बेलाँ, क्या यार.. तो प्लेन कसरि बच्ला र? फेरि आफ्ला उडाम्नी आउदैन ।“ उसले हार मान्यो ।“ आफुले चै खुब पत्याउदिन भनेको हैन?” उसले घोच्ने प्रयास गर्यो ।
-“अझ नि पत्यउदिन” मैले ठाडै भने ।
अनि सरासर त्यो भाषण गर्ने केटोको अघि गएर भने “ यो के नचाहिदो हल्ला उछालेर मानिसहरुला बेवकुफ बनएको तिमीहर्ले?”
उ अलिकति हच्कियो अनि आफ्लो सहयोगि तिर पुलुक्क हेर्यो । उसको सहयोगिले उसको कानमा केहि साउति गर्यो  सायद ”पुलिस हैन” भनेको होला ।
उ मुस्कायो अनि भन्यो, “ ल तपैनै भन्नुस कसरि यो सब हुदैन त, हुन्न भन्नी के प्रमाण छ तपाईसंग?”
-“धर्मशास्त्रमा लेखेका सबैकुरा सहि छैनन् ।” मैले भने ।
-“त्यसो भए सबै गलत पनि छैनन् होला, सहि गलतको कुरा छोड्नुस्, मलाई यो भन्नस, सबै धर्मशास्त्रमा पृथ्वीको अन्त्यको बारेमा कसरि एकै किसिमले बयान भयो त?”
 म अवाक रहे ।
-“कुनै अदृष्य ग्रह आउदै छैन र पृथ्वीमा ठोकिदैन पनि, कुनै ‘प्लानेट एक्स’ को अस्तित्व छैन भनि वैज्ञानिकहरुले भनि सके, सुर्यमा हालसालै कुनै ठुलो हलचल हुने संकेत देखिएको छैन, सौर्य आँधी आउने पनि हल्ला हो, यदि हुनेनै भए कोहिन कोहिले किन ।“ मैले आफ्नो तर्क थपे ।
उ हास्यो र भन्यो “ विज्ञानले चन्द्रमामा हावा छैन भन्छ, त्यहि मान्छे ओरालेर, झण्डा गाड्छ, झण्डा फरफराएको देखाउछ। कुन सहि हो? मान्छे चन्द्रमामा पुगेको? वा झण्डा फरफराएको? वा चन्द्रमामा हावा नभएको? वा के हो त?” “फेरी उनिहरुसंग अत्यधुनिक प्रविधी छ, वैज्ञानिकहरुलाई बच्ने प्रत्याभुति दिएक होला । कुरा बाहिर नआए बाच्छौ भनेर।”
लाग्यो हरेक कुराको जवफ छ जस्तो छ यो संग, म फेरि अवाक रहे ।
-“पृथ्वीको ध्रुव परिवर्तन हुदैन, कमसेकम आज-भोली हुदैन..”म भन्दै थिए मेरो कुरा काटेर उसले थप्यो “अनि त्यो पनि तिनै वैज्ञनिकहरुलेनै भनेका होलान् नी त।“
म केहि बोलिन।
-“किन २१ डिसेम्बरनै त, कति बजे समय?” एकछीन पछी सोधें।
-“माया सभ्यताको बिकासको बेलमा ज्योतिषविज्ञान, अन्तरिक्ष विज्ञानमा धेरै बिकस भएक थियो । ऊनिहरुले गर्ने क्यालकुलेसन अहिलेको तपाईकै विज्ञानले पनि धेरै सहि भनिसकेको छ। उनिहरुले बनएको पात्रो २१ तारिखमा सकिदै छ, किन भने उनिहरुले त्यहि दिन पृथ्वीको अन्तयहुने हिसाब निकालेका छन। सम्पूर्ण ग्रहहरुको एलईनमेन्ट एउटै लाईनमा आउनेछ, फेरि नोस्टोडमस भन्ने महान भविष्यवक्ताले पनि यहि दिन पृथ्बीको अन्त्य हुने कुरा तोकेका छन्। फरक-फरका ठाउमा फरक-फरका समयमा सुरु हुनेछ, जापानबाट पहिला हुनेछ, नया दिनको सुरुवात त्यहिबाट हुन्छ ।“
-“माया सभ्यताका त्यस्ता धुरन्धरहरुले आफ्नो सभ्यता जोगाउन किन कुनै भविष्यबाणी गर्न सकेनन् त? सन् १९९९ बाट २००० लाग्दा, क्प्युटरहरु कुनैले काम गर्ने छैनन् सब ध्वस्त हुन्छ भन्थे, भएन त!, विश्व ध्वस्त हुने हल्ला मानव सभ्यतामा धेरैपटक भविष्यबाणिका रुपमा भनेका थिए, पर्सि प्रलय आएर ध्वस्त हुने भए, पर्सिक दिन पछाडिका भविष्यबाणी किन भए त?”
अब उसको अन्योल प्रष्ट्र देखे मैले तर उसले हार नमानी भन्यो “सबै कुरको जवाफ हुदैन। डाईनोसोरहरु उनिहरुको युगका सर्वश्रेष्ठ जनावर थिए भनिन्छ, अहिले जिवशेषमा मात्र सिमित छन्, हाम्रो पनि बिनास हुनेछ, हाम्रो पनि त्यहि नियति हुनेछ । भोली आउनुहोस ‘अन्तिम भोज’को लागि।“
सबैजना हाम्रो बहस सुनेर जिल्ल पर्दै रहेछन्, उ मञ्च चढेर फेरि भाषण गर्ने थाल्यो । मेरो अन्योलता थपियो। घर फर्किए।

२० डिसेम्बर (अन्तिम भोज)

आफ्नो कुरा राख्न पाएकोमा खुसि भएपनि अब अन्त्य हुने विश्वास बढेको थियो । ‘साचै ध्वस्त भयो भने?’ सोच्दै दिनभर दोधार र डरमा बिताए। सबैतिर त्रास फैलिएको आभाष भयि, मान्छेहरु आफ्नो घरम भनदा बढि भगवानक घरमा भेल भएका थिए। जताततै अन्त्यक भय र संत्रस थियो, चर्चा अन्त्यकै थियो। पत्रिका, रेडियो, टि.भीम प्रमुख समाचार एउटै थियो। कोहि केहि हुन्न भन्दै आश्वस्त पार्दै थिए भने कोहि के के हुन सक्छ भन्ने बयानमा जुटेका थिए।
हरेकको मुहारम उत्सुकता, भय र मलिनता प्रष्टै थियो । लाग्यो मृत्यनै चरम डर हो। जन्म पछिको अर्को सर्वव्यापी सत्य’ “मृत्यु’संग अत्यन्त डर छ मनिसलाई ।
-“लास्ट डे लाईफको, आफु त गर्लफ्रेण्ड संग बिताईन्छ, लास्ट किस गरिन्छ।” एउटा ठिटो सथील सुनाउदै थियो।
-“ईश्वर भजनमा मन लगाऔ।” पजारी भन्दै थियो ।
-“के ब्यापार गर्नु,भोली मरिन्छ।“ ब्यापारी भन्दै थियो।
-“आज पनि पढ्छन् त?” विद्दार्थीले भन्दै थियो ।
-“आफु त आज घुम्न गईन्छ।“ एउटिले भनी ।
-“दान धर्म गर्छन, सब पैसा उडाउछन आज।“ अर्को भन्दै थियो ।
-“आज अन्तिम दिन, आन्दोलन चर्काऔ।‘ बिध्धार्थी नेता भन्दै थियो ।
-“आमा भोली के हुन्छ?” बच्चीले आमालाई सोध्दै थिई।
-“यो हाम्रो अन्तिम प्रशारण हुनसक्छ।“ टि.भि प्रस्तोत भन्दै थियो ।
-“............।”
-“............।”
-“............।”
एक्लो भय भन्दा पनि सामुहिक भय अझ खतरनाक हुने रहेछ। सामुहि भयले एक्लो भयला सयौंगुणा बढाईदिने रहेछ ।
---------
साँझ त्यहि घरको, त्यहि हलमा पुगें । सबै पुगिसकेछन्। आउनुहोस्, ‘अन्तिम भोज’म रमाउनुहोस् भन्दै थिए। किन रुनु हासौं, रमाईलो गरौ, भन्दै थिए धेरै। हरेक किसिमका खानेकुरा, पेयको ओईरो लगेको थियो। सभैले त्यहि भाषण गर्नै केटोले जस्तै लुगा लगाएका थिए।
केटो बिचमा थियो, एकाएक करायो, “ल अब रातीको ११:४५ भयो, आउनुहोस गोलाकार भएर बस्नुहोस।“
हामी गोलाकार भयौं, एकले अर्काक हातमा हात राखेर बस्न लगायो उसले।
उ भन्दै थियो,” सबैले आँखा चिम्म गर्नुहोस, यदि भगवान, यिसु,अल्लाह,बुद्ध जे मान्नुहुन्छ, उसलाई सम्झनुहोस, भगवान मन्नुहुन्न भने मानवताको बारेमा सोच्नुहोस.. मानव संघार रोकियोस भनेर प्रार्थना गरौं ।“
हामी सबै रोबोट जस्तै उसले भनेका कुराहरु मान्दै थियौं।
-“आफ्नो अघि रहेको यो अति गिलास उठाउनुहोस।“ उ भन्दै थियो । “मानवताको नाममा सबैले एकै घुट्कोमा यो रसपान गरौ, यो अमृत बनिजाओस, हामीलाई अमर बनाओस् । जय मानवता !”
सबैले एकै घुट्कोमा पिए त्यो ‘अमृत’ नामको रस, एकछीन सबैका मुहार हेर्ने, इच्छा जागेर आयो, म रोकिय, यो हाम्रो लिडर र उसको सहयोगिले पनि पिएको देखें । सबै तुरुन्तै लठ्ठिएका जस्ता देखिए। मलाई डर लागेर आयो, गिलास छेवैमा पोखिदिए। सबै लडिरहेका थिए । खुट्टा कमेर आयो, आफ्नो अघि सबै मर्न लागेको बुझै, डर र यति बढ्यो कि आफुलाई सम्हन्न सकिन, र भुईमा पछ्छारिए। आफुले नपिएर धोका दिएक जस्तो लाग्यो उठ्न मन लागेन। घोप्टो परेर बसिरहे ।

---------

२१ डिसेम्बर (अन्त्य)
डर अझ बाँकी थियो तर पनि म उठिन, मेरा वरिपरि सबै मरिसकेका रहेछन। मरेको बहाना गर्नु, मर्नु भन्दा गाह्रो हुने रहेछ लाग्यो । रातिको २ बजेको होला, अब अलिकति उठ्ने हिम्मत बटुलेर, यसो  चल्न खोजेथें, “ख्वाक्क..!” खोकेको आवाज आयो, ‘कस्को प्राण बाकी रहेछ?’ सोच्दैथिए । आवाज कुन दिशाबाट आएको पनि छुट्टयाउन सकिन। डरले गर्दा उठ्न सकिन।
खोकेको ,फेरि आवाज दोहरियो।
-“ए उठ, छिटो ।“ हाम्रो लिडरको आवाज थियो।
अब आश्चर्यको सिमा रहेन मेरो, डर र आश्चर्य मिसियक आवस्थाले मलाई उठ्न दिएन ।
-“सब मरेछन्?” सहयोगिले उठ्दै भनको सुने ।
मेरो होस ठेगानमा रहेन। चल्न पनि सकिन ।
-“क्यामेर खै?” लिडरकै आवाज ।
-“ला, सबै एङ्गलबाट फोटो लि! ।”
केहि फोटो खिचिएका आवाज ।
-“अब भागौं।“
दुवै ढोका तिर फटाफट लम्किए । भर्याङ्ग हतार हतारमा झर्दै थिए।
-“ऐया..आमा..मरेनी!!!!” लिडरको आवाज साथै भर्याङ्गबाट कोहि लडेको आवाज संगै आयो ।
आधा घण्टा जति पछी, फेरि हामी भएको हलको ढोका खुल्यो । विस्तारै आँखा खोलेर हेरे । त्यहि सहयोगीले लिडरलाई घिसार्दै ल्याउदै थियो । लिडरको अनुहार त अर्कै छ!, म विस्मयमा परे । त्यो सहयोगिको हातमा नक्कली कपाल र चुच्चो नाक थियो, लिडरको ।
-“यो पनि मरेछ, ठिक भयो ।” सहयोगि फुसफुसाएको सुने ।
उ ढोका तिर हानियो, भर्याङ्गबाट उसका पाइलाको आवाज नरोकिन्जेल सुने। ‘अब बस्नु हुन्न, म पनि भाग्नुपर्छ’ भनेर जुरुक्क उठेर ढोकामा एकै बेगमा पुगें।
सहयोगि फर्केर आउदै रहेछ । म भाग्दै कौसी तिर लगे ।
-“पख!’ उ पनि कौसीमै पुगिसकेछ ।
मेरो भाग्ने ठाँऊ थिएन म रोकिए।
-“चुरोट खाने गरेको छ?” नजिकै आएर बसेर उसले भन्यो । खानेबानी थिएन तर पनि लिए, डरले लिए, खोकिको लर्को लाग्यो ।
-“खाने बानी रैन्छ, किन नभनेको?” उसले आफ्नोपन देखायो । “हामी, अब त म मात्र चै कसरि बाच्यौ? अच्चम लाग्यो होला हैन? सोध्न मन छैन?”
मैले मन गरिन तर उ निरन्तर बोल्दै गयो ।
-“डिसेम्बर २१ का बारेमा धेरै हल्ला भए। हामी दुई मिलेर एउटा प्लान गर्यौ । सन्सनिपूर्ण समाचार बनाउने “मास सुसाईड”को, सामुहिक आत्मदाहको । अनि त्यसको न्यज कभरेज हामीले पहिला गर्ने । तहल्का मच्चाउने।“ उ प्रसन्न देखिन्थ्यो, एकै सासमा सब सुनायो ।
‘मान्छे ख्यातीका लागि के-के सम्म गर्छन ।‘ म सोच्दै थिए ।
-“...केहि हुन्न..नै अन्त्य हुन्न...कम से कम हामी बाचुनजेल.. तपाई मला सघाउनुहोस..हामी मालामाल हुन्छौ...” उसले यस्तै भनिराख्दा, अघि मरेका मानिसहरूको अनुहार आयो मेरो सामु, आँखाबाट आँसु झर्यो, अनहकमा ज्यान गुमाएहरु सम्झेर। सास अड्केको महसुस भयो, टाउकोमा कसैले जोडले झड्का दिएको भान भयो । सहयोगिले हानेक रहेछ। केहि होस रहेन ।
अलिबेरमा थोरै आँखा खोले, सहयोगिले अगिको नक्कली कपाल र नाक मलाई टास्दै रहेछ। जीऊ साह्रै दुखेको थियो, बिरोधका लागि चल्न पनि सकिन । उसले घिसार्दै थियो मलाई, अब त खसालिदियो कौसीबाट ।
*****
हो। अन्त्यको सुरुवात भयो । मेरोलागि भयो। आँसुका थोपा, बाच्ने रहरभै हावामा माथी उडे । म खसिरहेछु निरन्तर..... । तर यो अन्त्य, अन्त्यहिन लाग्दैछ । स्वभावविक अन्त्य तर अस्वभाविक बनेको छ, बिशेषतः मेरा लागि । अन्त्य त आजै हो रहेछ र मेरो लागि पृथ्वीको अन्त्य भएकै हो ।




9 comments:

  1. Pahilo prayaash! nepali ma Katha lekhan ko ! Sujhabko asha raheko chha

    ReplyDelete
  2. मनपर्यो ! लेखनलाई जारी राख्नुहोला ।

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर! प्रयास जारि रहनेछ, निरन्तर सुझवको आसामा छू ।

      Delete
  3. excellent keep it up pahele padna jhau hun6 ki jasto lageko thiyo bt .......................suru garesi ta dami lagyo.........now waiting for next,,,,,,

    ReplyDelete
  4. प्रयास रम्रो लग्यो। निरन्तरता दिनु होला।

    ReplyDelete
  5. लेखन शैली मन पर्यो। मेरो पहिलो commentमा जस्तै व्याकरणिक अशुद्धिहरु प्रसस्तै छन्, तर मिलाएर बुझ्न सकिन्छ।

    ReplyDelete
  6. मन पर्‌यो। लेखन जारि राख्नुहोला

    ReplyDelete
  7. its really heart touching.....just no words to express hats off for you keep continue hai......we really can learn lots of things..... thank you so much dear i finally got chance to read this thankx alot

    ReplyDelete
  8. I didn't really stop reading those all. A huge page means alot to go through but I was excellent.

    ReplyDelete